☰ open

भारतबाट किन्न थाल्यो बिजुली

२०७९ पुष १, शुक्रबार १०:५१
मिडियाखबर

नेपालले भारतबाट विद्युत आयात गर्न थालेको छ। हिउँद लागेसँगै नेपालले निर्यातको तुलनामा उच्च मात्रमा त्यहाँबाट विद्युत आयात गर्न थालेको हो। २७ मंसिरसम्मको विवरणअनुसार हामीले करिब २३ सय मेगावाट आवर विद्युत आयात गरेका छौं भने ८ सय मेगावाटजति विद्युत निर्यात भएको छ, हिमाली स्रोत भएका नदीमा बहाव निरन्तर कम हुने क्रममा छ। पुस लागेसँगै निर्यात लगभग पूरै रोकिन्छ।

विद्युत उत्पादन उच्च मात्रमा बढाइए पनि त्यसअनुसार खपतको रणनीति नबन्दा बर्खामा बिजुली खेर जाने र हिउँदमा अभाव हुने अवस्था रहेको उनको भनाइ छ।

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिँदा यी धेरै समस्या हल हुन्छन् भन्ने हाम्रो विश्वास छ, आचार्य भन्छन्,‘केही अघिसम्म एक्लो खरिदकर्ताका रूपमा रहेका विद्युत प्राधिकरणले सबै विद्युत नकिनेको अवस्थासमेत थियो। प्राधिकरणका अधिकारीहरू जुनकुनै अवस्थामा नेपालमा लोडसेडिङ नदोहोरिने भन्दै निश्चिन्त रहन आग्रह गरेका छन्।

हाल सस्तोमा किन्नुपर्ने समयमा भारतबाट विद्युत आयात गर्ने र केही महँगो पर्ने बेलामा निर्यात गर्ने रणनीतिमा रहेर आफूहरूले काम गरिरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्। इन्डियन इनर्जी एक्सेन्जको बोलपत्रको ढाँचामा धेरैजसो रातिको समयमा विद्युत आयात सस्तो पर्ने गरेको प्राधिकरणका अधिकारीहरूको अनुभव छ।

साँझ ५ देखि ९ बजेसम्मको समय भने विद्युत व्यापारका लागि सबैभन्दा महँगो मानिन्छ। यो समयमा तीन गुणासम्म विद्युत महँगो पर्नेगर्छ।

पश्चिम नेपालमा उत्पादित विद्युतले त्यस क्षेत्रको माग पूरा नगर्ने र नेपालको पूर्वी क्षेत्रबाट उत्पादित बिजुली त्यहाँसम्म पु¥याउँदा त्यसको भोल्टेज एकदमै कम हुने अवस्था छ। साथै पूर्वाधारको अभाव समेतले गर्दा सुदूरपश्चिमतर्फ भारतमाथि अझै केही वर्ष निर्भर रहनुपर्ने अवस्था रहेको छ। हाल नेपालको विद्युत प्रणालीमा सरदर २ हजार मेगावाट बिजुलीको माग रहेको बताइन्छ।

तर, ठूला प्रसारणलाइन र सबस्टेसनहरू समयमा पूरा नहुँदा उच्च विद्युत माग हुने मुख्य औद्योगिक कोरिडोरसहितका ठाउँमा त्यसअनुसार बिजुलीको उपलब्धता हुन नसकेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

हाल नेपालको जडित विद्युत उत्पादन क्षमता झन्डै २ हजार २ सय मेगावाट छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights