☰ open

प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरेर सवारीसाधन सञ्चालन गरे एख लाख रूपैयाँ जरिवाना

२०७९ पुष १, शुक्रबार ११:०९
मिडियाखबर

विभागले मंसिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। वातावरण विभागले आज (पुस १) गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई यो जरिवाना गर्ने भएको हो।

विभागले गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरूस्त राख्न दिने गरेकोमा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्कासनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जरिवाना गरिने विभागले जनाएको छ। यस्तै विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ।

कैफियत भेटिएमा वातावरण संरक्षण एने, २०७६ को दफा ४१ को उपदफा २ अनुसार जरिवाना हुने भएको छ। छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुतीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले जनाएको छ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहोर जलाउने तथा खुलारूपमा फोहोर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ।

यसरी खुलारूपमा फोहोर जलाउनेलाई कारबाही गरिने विभागले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights