☰ open

प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डलाई बलिउडका चर्चित अभिनेता विवेक ओबरायले भेटेका

४ वर्ष
मिडियाखबर

बलिउडका चर्चित अभिनेता विवेक ओबरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डलाई भेटेका छन्। बिदा मनाउन परिबारसहित बुधबार साँझ काठमाडौं आइपुगेका विवेक बिहीबार बिहान पशुपति पुगेर पुजाअर्चना गरेका थिए। त्यस्तै उनी परिवारसहित चन्द्रागिरी पुगेका थिए।

माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न विवेक बुबा सुरेश ओबराय तथा परिवारका अन्य सदस्यसहित पुगेका थिए। उनका बुबा सुरेश पनि बलिउडका चर्चित अभिनेता छन्।

ओबराय परिवार १० दिनसम्म काठमाडौंमा बस्ने बताइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया