☰ open

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने

२०७९ पुष ५, मंगलवार १२:५२
मिडियाखबर

नेपाली कांग्रेस संसदीय दलको नेतामा गगन थापाले पनि उम्मेदवारी दिने भएका छन्। सभापति शेरबहादुर देउवा समूहबाट भने देउवाको उम्मेदवारी तय भएको छ। थापा कांग्रेसका महामन्त्री पनि हुन्।

केही दिनदेखि शेखर कोइराला समूहका सांसद तथा नेताहरू कसलाई संसदीय दलको नेतमा लडाउने भन्ने छलफलमा थिए।

आजै नेपाली कांग्रेस संसदीय दलको नेता चुन्न उम्मेदवारी दिने निर्वाचन तालिका सार्वजनिक भइसकेको छ। २ बजेदेखि ३ बजेभित्र उम्मेदवारी दिइसक्नुपर्ने भएपछि सोमबारदेखि नै कोइरालाहरूको समूह छलफलमा जुटेको थियो।

देउवा विरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका थापाका लागि नेता शेखर कोइराला प्रस्तावक बस्नेछन्।

नेपाली कांग्रेसका प्रत्यक्षमा निर्वाचित ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसदहरू छन्। उनिहरूले नै मतदान गरेर संसदीय दलको नेता चुन्नेछन्।

संसदीय दलको नेता बन्नका लागि ५१ प्रतिशत मत ल्याउनुपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights