☰ open

नेपालमा फेरि कोरोनाको जोखिम बढेको बताए

२०७९ पुष ८, शुक्रबार १५:४६
मिडियाखबर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो विज्ञप्तिमार्फत् नेपालमा फेरि कोरोनाको जोखिम बढेको बताएसँगै धेरैलाई अब फेरि कोरोना फैलिन थालेको हो भन्ने लागेको छ। मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरू चीन र भारतमा संक्रमण बढेपछि त्यसको जोखिम नेपालमा पनि बढेको बताएको छ।

खासगरी ओमिक्रोनको नयाँ सवभेरियन्ट ‘बीएफ-७’ का कारण पछिल्लो सातायता विभिन्न देशहरूमा संक्रमण बढिरहेको छ। यद्यपि नेपालमा भने सो भेरियन्ट अहिलेसम्म पुष्टि भइसकेको छैन।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा देशभरबाट संकलित ४८ वटा नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको १७ वटा सवभेरियन्ट पुष्टि भएको छ। तर अहिले नयाँ प्रजातिको रूपमा देखापरेको ‘बीएफ-७’ भने फेला परेको छैन।
यद्यपि मन्त्रालयले संक्रमणको जोखिम रहेको औंल्याउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights