☰ open

मधेसी भाषा’ मा सपथ : मधेसी आयोगले संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ

२०७९ पुष ८, शुक्रबार १५:४८
मिडियाखबर

मधेसी आयोगले संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ।

राउतसहित जनमत पार्टीका प्रतिनिधिसभा सदस्यहरूलाई कुन आधारमा ‘मधेसी भाषा’ मा सपथ लिन मान्यता दिएको भन्दै संसद सचिवालयलाई मधेसी आयोगले स्पष्टीकरण सोधेको हो।

‘हालसम्म भाषा आयोगबाट प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू–२०७८’ र मधेस आयोगमा ‘मधेसी भाषा’ सूचीकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधिसभाका सदस्यहरूले औपचारिक कार्यक्रममा सपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यमान रहेका सूचीकृत अन्य भाषाहरूमाथि नकारात्मक प्रभाव परेको देखिन्छ,’ आयोगले संसद सचिवालयलाई पठाएको पत्रमा भनिएको छ।

मधेसी आयोगले कुन आधारमा ‘मधेसी भाषा’ मा सपथ लिन मान्यता दिएको भन्दै प्रष्ट पार्न संसद सचिवालयलाई भनेको छ।

‘संसद सचिवालयले कुन आधारमा ‘मधेसी भाषा’ मा सपथ लिन मान्यता दिएको भनि स्पष्ट हुने गरी जनाकारी गराइदिनुहुन निर्देशानुसार अनुरोध गरिएको छ,’ आयोगकी उपसचिव सवित डंगोलले पठाएको पत्रमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights