☰ open

वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिलि

२०७९ पुष ८, शुक्रबार १६:०३
मिडियाखबर

उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोकचोकमा वत्ति जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको हो । संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज  महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजार भन्दा बढी बल्ब जडान गरिएको छ ।

३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भएपनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन । महानगरपालिकाले असार १९ गते स्वेत पत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको उल्लेख गरेको थियो ।

महानगरको नेतृत्व गर्न मेयर राजेशमान सिंह आएसँगै काम तीव्र रुपमा अगाडि बढ्दै तीन महिनामा अभियानअन्तर्गत बल्ब, कन्ट्रोल प्यानललगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो । केही वडामा पहिले जडान भएको वत्ति नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांस वत्ति बल्ने गरेको छ ।

सूर्योदय उर्जा-तोप्सन इनर्जी जेभी काठमाडौँ २३ करोड ९६ लाख २४ हजार १ १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो ।

जडान भएका बत्तिमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत शाखाले सबैसँग आग्रह गरेको छ । विगतमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भएपनि अहिले मर्मत र जडानको कामलाई तिब्रता दिएकाले गुनासो आउन पनि कमि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights