☰ open

देवभूमि धनुषाधामका प्राचीन वाणगङ्गा नदिको सरसफाइले पर्यटकिय स्थलमा मुखरित हुदै

२०७९ पुष ९, शनिबार १९:५८
मिडियाखबर

धनुषाधाम पुस ९ गते । धनुषाको धार्मिक पर्यटक तिर्थस्थल धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि मनमोहक देखिएका छन् । प्रमोद कुमार यादव स्व्च्छता अभियानी र स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुषमन्दिर/वाणगङ्गा लाई सरसफाइ सार्थक प्रतयन गरेपछि सौन्दर्य संम्भव भएको हो ।

वाणगङ्गा नदी धार्मिक आस्थासँग जोडिएको छ । भगवान श्रीराम माता जानकी र भाइ लक्ष्मणसँग घुम्न आउँदा माता जानकीलाई तिर्खा लागेपछि भगवान रामले वाण प्रहार गरेर वाणगङ्गाको उत्पत्ति गर्नुभएको जनविश्वास छ । सो नदीमाको भगवान लक्ष्मणले स्नान गर्नुभएकाले वाणगङ्गालाई लक्ष्मण सागरसमेत भन्ने गरिएको छ ।

त्यस्तै पौराणिक महत्वको परिचय बोकेका धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारे रोग निको हुने जनविश्वास छ ।
यी दुबै सरोवर सरसफाइपुर्ब जिर्न र कुरुप बनेको थियो । स्थानीय समाजसेवि, युवा कलव, महिला सञ्चारकर्मीहरुको समुह समेटर सरसफाइमा जुटेपछि सरोवरको मुहार ने फेरिएको छ । अब वानगङगा जलले धार्मिक कलश यात्रा गर्ने गर्छ नगर भरीको मुर्तिहरु बिसर्जन गर्ने उम्रिएका झारपात र थुप्रिएर जम्मा भएका फोहाेरमैला सरसफाइ गर्नुभयो । वानगङगाको सरसफाइ पछि सौर्न्दर्यकरण जोड दिनेछु। संबंधित निकाय सङ सवन्बय गरि दीपिआर गरि यसको दीर्घकालीन विकास र पर्यटकियमुखी हाम्रो मुख्य ध्येय रह्नेछ।

धनुषामन्दिर/वाणगङ्गा नदी क्षेत्र संरक्षण एवं स्प्ताहिक सरसफाइ अभियानको अध्यक्ष अभियानी प्रमोद कुमार यादवको अगुवाइमा विगत छ महिना देखि उहाँहरु नियमित रूपमा प्रत्येक शनिबारका दिन राष्ट्रिय गाण वात सुरु गर्दै निरंतरता दिदै सरसफाइ गर्दै आउनुभएको छ ।

स्थानीय सरकार , प्रहरी , बित्तीय संस्था ,व्यपारी, बुद्धिजीवी नागरिक समाज ,महिला ,सरोकार विबिध संघ संस्था तथा कुस्ती पहलमान,रामधुन आश्रम का साधु सन्त ,साना किसान सहकारी र युवा कलव साथै बाहिरका
समाजिक सरसफाइ अभियानीहरु ऐतिहासिक सरसफाइ अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानिहरु संघीय राजधानी काठमाणडौ बागमती सरसफाइ अभियानिहरु, प्रादेशिक राजधानी जनकपुरधाम गङ्गासागर सरसफा अभियानी तथा प्रदेशसभा सदस्य रामअशिष यादव, प्रदेश सरकारका अर्थ सचिव गजेन्द्र कुमार ठाकुर,पर्यावरण संरक्षण अभियानी सुरेश शर्मा, जनकपुरधाम बृहत् क्षेत्र विकास परिषदका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी शीतल साह, जानकी हेलथकेयरका संचालक पुर्ब मन्त्र डा. सुरेन्द्रकुमार यादव , राष्ट्रिय सरसफाइ अभियानी धिरेन्द्र साह, रुबि झा,पत्रकार ज्योति झा, अर्थ ग्रिणका दिपेन्द्र ठाकुर बेजनाथ साह, हेल्प मधेसका रामउदगार यादव , जनकपुर कमल वचाउ अभियानका बिक्रम यादव , बिनोद महरा , संस्थागत अभियानी एवं संचारकर्मी मुकेश ठाकुर,बिपि मोमेरियल इन्जिनियरिङ कलेज सपही, स्कुल, कलेज , स्वास्थ्य कर्मी डा. जयप्रकाश यादव , कानुन एवं समाजिक अभियानता निशा मुक्तान , ललित यादव , शिक्षिका निलु शर्मा , राष्ट्रिय कुस्ती पहलमान अजित यादव , शिक्षा अभियानी कमल भट्टराई , उमेश भण्डारी , सरोज साह, मनोज साह, अशोक यादव , शिवकुमार यादव , सुमित्रा लाल कर्ण , खलिफा पहलवानहरु शत्रुधन यादव ,त्रिभुवन मणल,तपेश्वर यादव ,संगीतकार नवराज भट्टराई , संस्थागात अभियानिहरु प्रेम चोहान, भुषण यादव , हाम्रो राष्ट्रिय गौरव एवं शान्ति दुत नेपाल आर्मी , जनपद प्रहरी र सशस्त्रप्रहरी तथा विविध क्षेत्रका समाजिक एवं सरसफाइ अभियानीहरुको सार्थक सहभागिता र प्रत्यक्ष रूपमा सहयोग रहदेआएको छ ।

प्रसिद्ध पवित्र धार्मिक ग्रन्थ रामायणमा वर्नित भएबमोजिम मिथिलाका राजा जनकले पिनाक धनुष उठाउन सक्ने व्यक्तिसँग छोरी सीताको विवाह गर्ने शर्तअनुसार अयोध्याका राजकुमार भगवान श्रीरामले धनुष उचाल्दा भाँचिएको र सो धनुष तीन टुक्रा भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

धनुषको टुक्रा प्राचीन देवभुमी धनुषाधाम प्रदेशके प्रसिद्ध र जनकपुरधाम पछिको दोस्रो प्रचुर संभावना परिचय बोकेका धार्मिक पर्यटकिय स्थलको रूपमा प्राचीन देवभुमी धनुषाधाममा धनुषमन्दिर/वानगङगा सरोबर , धनुषसागर कुणड स्थापित छ । रामायणकालिन महान ऋषि ददिक्षिको हाड वात बनेको शिवधनुषको टुक्राको अवशेष दर्शनका लागि पवित्र वानगङगा (लक्षमण सरोवर) मा श्रद्धालुहरु स्नान गरि सुधी भएर धनुषमन्दिर दर्शन गरे भत्तजनको भाकल पूरा हुने जनविश्वास रहेको छ।आन्तरिक तथा भारतबाट समेत अधिक सङ्ख्यामा धार्मिक पर्यटक यहाँ आउने गरेका छन् । यहाँ हरेक साल मागमा माघे संक्रान्ति मेला प्रतेयक रविवारको दिन एक महिना सम्म लागने गर्छ। बिवाहा पन्च्मी, १५ दिने मिथिला परिक्रनमा आदि मेलाहरु प्रसिद्ध हुन।
ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थानमा पर्यटन प्रवर्धनका लागि राम्रो वातावरण छ । धार्मिक तथा ऐतिहासिक स्थलहरुको उचित संरक्षण संवर्धन तथा प्रचारप्रसारमा ल्याउन सके अझ बढी पर्यटक भित्र्याउन सकिने यस वात आर्थिक जिवोपार्जन हुने उत्त ऐतिहासिक अभियानका अभियान्ता प्रमोद कु.यादवले बताउनुभयो ।

धार्मिक पर्यटक आकर्षणको केन्द्र धनुषाधामस्थित धार्मिक महत्वका सरोवर सरसफाइले आकर्षण बढेको स्थानीय अभियानी युवा दुर्गेश यादव र दुर्योधन महतोले बताउनुभयो । जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्न आउनुहुने भक्तजन यहाँ आउनुहुन्छ।

धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले धार्मिक स्थल र धार्मिक आस्थासँग जोडिएका सरोवर सरसफाइमा युवा जुट्नु सराहनीय काम भएको बताउनुभयो । स्थानीय तहमार्फत विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउँदै नगर प्रमुख मण्डलले पर्यटक आकर्षण गर्नेखालका थप संरचना निर्माणका लागि पर्यटन विभागलगायत सरोकारवाला निकायलाई आग्रह गरिएको बताउनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights