☰ open

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन

२०७९ पुष १२, मंगलवार १५:४८
मिडियाखबर

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।

बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरित राखेका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न गृहले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ को व्यवस्थाभन्दा विपरित सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न भनेको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी / सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधान पाउने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights