☰ open

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेर भाडाको घरमा सर्ने

२०७९ पुष १२, मंगलवार १६:०३
मिडियाखबर

निजी निवासमा मर्मतका काम भइरहेको र भाडाको घर नभेटिएपछि उनले सरकारी निवास छोड्न सकेका छैनन्।

बूढानीलकण्ठस्थित आफ्नो घरमा मर्मतको काम चलिरहेकोले देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भाडाको घरमा सर्न लागेका हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि देउवालाई बालुवाटारस्थित प्रधानमन्त्री निवास छाड्नुपर्ने हो।

देउवाले धुम्बाराहीमा भाडाका घर पाएका छन्। बालुवाटारबाट बहावाला घरमा बुधबार वा बिहीबार सर्ने तयारी रहेको देउवाको सचिवालय स्रोतले जनाएको छ।

‘धुम्बराहीमा घर भेटिएको। सम्झौता भइसकेको छैन,’ स्रोतले भन्यो,‘तीन महिनाका लागि सम्झौता गर्ने कुरा भएको छ। सम्झौता भयो भने भोलि वा बिहीबार त्यहाँ सरिन्छ होला।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights