☰ open

गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको

२०७९ पुष १४, बिहीबार ११:३६
मिडियाखबर

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकबाट यस्तो निर्णय गरिएको हो । गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जानकारी दिए ।

उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights