☰ open

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

२०७९ पुष १५, शुक्रबार ११:२५
मिडियाखबर

बिहीबार काठमाडौंमा भएको भेलाले प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन गरेको छन्। भेलाले ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गर्नुका साथै प्रदेसका अध्यक्ष र इन्चार्जहरू समेत तोकेको प्रचार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। ४ मंसिरमा सम्पन्न निर्वाचनअघि साह एमाले छाडेर स्वतन्त्र हैसियतमा चुनाव लडेर रौतहट ३ बाट निर्वाचित भएका हुन्।

२०७४ सालको निर्वाचनमा माओावदी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी नेकपा विभाजन हुँदा एमालेमा बसेका थिए।यसपालिको निर्वाचनमा एमालेबाट टिकट पाए पनि जसपासँग तालमेल भएको आक्रोशमा उनी स्वतन्त्र हैसियतबाटै चुनाव लडेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएपछि साह पुरानै पार्टीमा फर्किने चर्चा चलेको थियो।साहले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन्। तर, उनी माओवादीमा नफर्किएर आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन्। नयाँ पार्टी गठनपछि अरू पार्टीहरूसँग एकताका लागि पहल गर्ने उनको तयारी रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights