☰ open

बौद्ध धर्माबलम्वीले आज नयाँ वर्ष अर्थात तोला लोसार मनाउँदै

२०७९ पुष १५, शुक्रबार ११:५८
मिडियाखबर

बौद्ध धर्माबलम्वीले आज नयाँ वर्ष अर्थात तमु ल्होसार मनाउँदैछन्। बाघ (तक लो) बर्षलाई बिदा गरी नयाँ वर्षको सुरूवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरू आयोजना गरी बौद्ध धर्माबलम्वीहरूले लोसार मनाउने गरेका हो।

तोला लोसारलाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष प्राथमिकताका साथ मनाउँदै आएका हो। सरकारले तमु लोसारको अवसरमा आज सार्वजनिक विदा दिएको हो।

तमु समुदायले बुधबारदेखिनै काठमाडौंको टुँडिखेललगायत देशैभर तमु समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो पर्व मनाउँदै आएका हो। बौद्ध धर्मअन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथि मिति परिवर्तन भइ पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार पर्व मान्नु हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights