☰ open

धनुषमन्दिर/ वानगगा क्षेत्र संरक्षण सप्ताहिक सरसफाइ ३० अौ ऐतिहासिक बृहत सरसफाइ सम्पन्न

२०७९ पुष १८, सोमबार ११:४२
मिडियाखबर

धनुषमन्दिर/ वानगगा क्षेत्र संरक्षण सप्ताहिक सरसफाइ अभियान अभियनता प्रमोद कुमार यादव द्वारा ३० अौ ऐतिहासिक बृहत सरसफाइ सम्पन्न भएको छ। प्रतेयक शनिबार विगत ७ महिना देखि धार्मिक तिर्थस्थल पर्यटकिय पर्वधन उदेशले सप्ताहिक सरसफाइ अभियान निरंतरता दिदै त्रेतायुगिन रामायण सर्किट अन्तर्गतका प्रमुख स्थल मध्ये ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा सुपरिचित पौराणिक देवस्थल धनुषाधामको शिवधनुष मन्दिर क्षेत्रको बृहत सरसफाइ गरिएको छ।

विश्व प्रसिद्ध धार्मिक ग्रन्थमा रामायणमा वरनन गरे अनुरुपको मिथिलाको राजा राजा जनकको दरबारमा पिनाक धनुष उठाउने व्यक्तिसँग सीताको विवाह हुने शर्तबमोजिम अयोध्याका राजकुमार रामले धनुषा उठाई भाँचेको र त्यो धनुषा तीन खण्डमा विभक्त भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको भन्ने कुरा विभिन्न ग्रन्थमा लेखिएको पाइन्छ । सो धनुषको टुक्रा धनुषाधाम मन्दिरमा समेत स्थापित छ । हालपनि सो टुक्राको अवशेष यहाँ भएको हुनाले यस क्षेत्रको नाम धनुषाधाम राखिएको हो । अहिले पनि धनुषको टुक्रा विस्तारिदे छ साथै ६ सय वर्ष प्राचीन देव बृक्ष पिपल को वौट मन्दिरको प्रगनमा रहेको इतिहास जगजाहेर छ।

तल प्वाल रहेको खाल्डो मा किसानहरुले दुध राखदा यदि भरयो भन्ने यसपालि खेतीवाली राम्रो हुने देशमा र मानवीय जगतमा शान्तिपूर्ण वातावरण रहने जनविश्वास र मान्यता छ। अहिले पनि स्थानीय किशानहरु आफुले उत्पादन गरेको अहिले फल अन्नवाली धनुषमहाराज लाई खुसीका र आस्थाका साथ चडाउने गर्छ। माघे महिनामा माघी मेला एक महिना प्रतेयक रबिवारको दिन लागने गरिन्छ । सो मेलामा बाहिरी तथा आन्तरिक भत्तजन श्रद्धालुहरुको घुइँचो लाग्ने गरिन्छ। साथै मेलामा आफ्नथ भेटभात को थलो रूपमा मा धनुखामेला प्रख्यात छ। यहाँ सन्देश को रूपमा पत्रक , झारु, फलामे घरका समाग्री र घरेलु कृषि ओजार हरु सहज उपलब्ध गरिन्छ । राम्रो व्यापार पनि हुने गरिन्छ । धार्मिक नगरी धनुषाधामको त्रेतायुगिन वानगङगा सरोवर र धनुषसरोबर मा स्नान गरि श्रद्धाले भन्टाको भार र भेटि चढाउने गरे चिताएको कुरा पुराहुने एवं मनोचिछित फल प्राप्त हुने जनविविश्वास रहेको छ। स्वर्गद्वरी वानगङगा लक्षमन सरोवर ततटमा त्पोभुमी भएकोले यहाँ गरेको दाहसंस्कारले बैकुण्ठ वासहुने मान्यता छ।

एउटा सरसफाइ अभियान मात्रै हेन स्व्च्छता र जिवनशैली समाजिक सरसफाइ सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम पनि हो। साथै धार्मिक एवं पर्यटकिय स्थलहरु विश्वमे बिरले इतिहास बोकेका हाम्रो ऐतिहासिकता ,साझा भावनात्मक एकता ,चेतना र नवजागारण सहितको सामाजिक दायित्वको झिल्को हो। स्थानीय , व्यापारी , युवाहरु विशेष चासोको साथ सरसफाइ अभियानीहरुको सहभागिता ले सार्थकता पाएको छ

प्राकृतिकसौर्न्दर्यता को धानी , ऐतिहासिक, बहुधार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल एशियाली मुलुक मध्ये प्राचीन सभ्यताको सङग्रह र महान तपस्वी र ऋषिमुनिहरु द्वारा प्राणप्रतिष्ठिा रचित पर्छ तपो भुमी मा चिनिन्छ ।

हामी र हाम्रो समाजमा जिवनको चक्रमार्गले

जन्मस्थल लाई कसरी योगदान दिन्छौं यो महत्त्वपूर्ण

हुन्छ। धनुषाधामको सौर्न्दर्यकरण सहित सरसफाइ , सफा , सुन्दर , स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित

गर्दै ऐतिहासिक, पुरातात्विक अनुसन्धान तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मठ , गुम्बा , सार्बजनिक सम्प्तीहरु मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस र सुव्यवस्थित कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

गरिमामय इतिहास बोकेका यो क्षेत्र दशकौंदेखि राजनीतिक, आर्थिकसामाजिक , धार्मिक सांस्कृतिक दृष्टिकोणले सम्पदाहरूको संरक्षण पर्वधनको निकायले चासो नलिदा एवं अति महत्वोपुर्ण पौराणिक स्थलहरु ओझेल परेका छ। यस भेगमा द्रुतगतिमा बृहत विकास र समृद्धि को निम्ति दीर्घकालीन गुरु योजना सहित संबंधित निकायले सार्थक पहल लिनसक्नुपर्छ । यहाँका स्थानीय संघ , प्रादेशिक सरकारको नैतिक जिम्मेवारी समेत रहेकोले जनताको प्रत्यक्ष सरोकार रहेको साहित्य र पर्यटन , शिक्षा , सर्बसुलभ स्वास्थ्य सेवा , बाटो , खेलकुद,युवा मैत्रीपूर्ण उधमशिलता, उधौग , आधुनिक एवं व्यवसायिक आत्मनिर्भर कृषि र सिचाइ सुबिधा ,बजार ,वस्तु निर्यात, विधुतिकरण, चुस्तसेवा प्रवाह , आदिमा अहम् भूमिकाको खाचो देखिन्छ ।

विश्व मानचित्रमा मिथिला र ऐतिहासिक धनुषाधाम अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण धार्मिक परिक्रमा, विवाहपन्चमि , झुलन , माघे संक्रान्ति मागीमेला तथा धनुषप्रवेश द्वार ,धनुषमन्दिर , धनुषसागर , रानी पोखरी , वानगङगा, संरक्षित वन, वन्स्पती उधान , पिकनिक स्पोर्ट्स , धर्मशाला , रामधुन आश्रम , मखनवावा कुत्ती , सुब्बा कुत्ती र पर्शुराम तलाउ , कमला नदि ,गुम्बा , आदि यहाँको जिवनशेलि , परम्परागत रितिरिवाज, चाडपर्व , भूगोल र सामाजिक विबिधता आदिले विशेष र यश भेगका सम्पदा हुन साथै हाम्रो धरोहर भएकाले पर्यटनमुखी कार्यक्रम तर्जुमा गर्न आवश्यकता हो।

मिथिला र मधेस प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका सेवामूलक पर्यटक हाम्रो साझ विरासत र धरोहर महान ऋषि अष्ट्रबक्र तपोभुमी मिथिलाको पावनभुमीको नरेश जनक र माता सिताको जन्म स्थल जनकपुरधाम र त्रिपुरा शिवधनुषा खण्डित एक टुक्रा पबित्र प्रसिद्ध धनुषाधाम र भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित नभई बहुसांस्कृतिक, सामुदायिक पर्यटन, कृषि पर्यटन , जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको मधेस प्रदेशको आर्थिक लाभान्वित हुन सक्ने क्षेत्रका रूपमा समेत चिनिन्छ। मधेस प्रदेशको राजधानी देखी १८ कि.मि. पुर्ब र उतर र महेन्द्र राजमार्गबाट १० किलो दक्षिण प्राचीन दैवभूमि धनुषाधाम:धनुषमन्दिर/वाणगंगा धनुखा जङ्गल ।

त्यससँगै मधेस र मिथिलाको विश्वमे आलोकिक प्राचीन सभ्यताको इतिहासमै पुरातात्त्विक नयाँ पर्यटकीय स्थल गन्तव्य हरुको सम्भायता अध्यन र पर्यटकलाई आकर्षण गरिने तत्वहरूको भौतिक संरचना निर्माण र विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नु आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यश धनुषाधाम नगरपालिकाको क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार र आर्थिक ,समाजिक तथा समृद्धि ल्याउन आवश्यक छ ।

विकाससँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो ।

ऐतिहासिक सरसफाइ अभियानमा सहभागी हुनुभएका जानकि हेल्थ केयर जनकपुर एक समाजसेवि माननीय कौशल कुमार यादव , नेपाल हनुमान मणडलिका केन्द्रिय उपाध्यक्ष घिसिङ गिरि, सिटिजण बैंक महिन्द्रनगर ब्राचका शाखा प्रमुख , धनुषाधाम व्यपार संघ का अध्यक्ष किशोरी ठाकुर ,नेपाल प्रहरी , शस्त्र प्रहरी, पपुलर होस्पितलका संचालक डा. जय प्रकाश यादव ,सहकारी संस्था , संचारकर्मी एवं संस्था अभियानि प्रेम चोहन, निशा मुकत्तान , चित्रा अधिकारी, सुमित्रा लाल कर्णे, लालिता यादव , पहलमान खलिफाहरु त्रिभुवन मंडल, शत्रुधन यादव ,ल्याव टक्निसियण जय प्रकाश शाह, कुस्ती पहलमान अजित यादव , व्यटमिणटन खेलाडीहरु दुलिप सिंह धनुवार,सुनिल यादव , फुटबल खेलाडीहरु प्रतप सिंह दनुवार ,क्रिक्रेट टिमहरु , अनिल यादव , योजेन्द्र यादव , स्वास्थ्य कर्मी सुमन यादव , व्यपारी शिव साह हलुवाइ, रामदास , कृष्णा कुमार यादव , महिला , पत्रकार ,विधर्थी , युवाहरु को सार्थक सहभागिता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights