☰ open

प्रधानमन्त्री : यसपटक जनताले भाषण होइन, धेरै काम गर्न पठाएका छन्

२०७९ पुष २९, शुक्रबार १४:२४
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको चुनावबाट जनताले राजनीतिक पार्टी ठूलो ‘अग्नी परीक्षा’मा पठाएको भन्दै धेरै चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्।

उनले यो कार्यकालमा भाषण निकै काम र धेरै काम गर्ने वाचा पनि गरेका छन्। यसअघि पनि उनले यस्तै भनेका थिए। शुक्रबार हस्तकला महासंघको वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले भने ‘योपटक धेरै भाषण गर्नेछैन। यो कार्यकाललाई मैले निकै ठूलो परीक्षाका रूपमा लिएको छु। कम भाषण र धेरै काम गरेर देखाउनेछु।’

व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएको भन्दै उनले जनताको जीवनस्तर परिवर्तनका लागि धेरै काम गर्न बाँकी रहेको पनि बताए।

‘संसदमा यसपटको उपस्थिति हेर्दा जनताले केही परिवर्तन पनि खोजेको जस्तो देखिन्छ। र पुराना पार्टीहरूसँग केही आशा बाँकी राखेको पनि देखिन्छ’ उनले भने ‘यो दलहरूका ठूलो अग्नीपरीक्षा हो र भाषण भन्दा धेरै काम गर्ने बेला पनि हो।’

उनले सरकारले निजी क्षेत्रको समन्वयमा देशको अर्थतन्त्र सुधारका धेरै योजनाहरू ल्याएको भन्दै त्यसमा साथ दिन निजी क्षेत्रलाई आग्रह पनि गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights