☰ open

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्

२०७९ पुष २९, शुक्रबार १५:२१
मिडियाखबर

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। नाबालिका बलात्कार आरोपमा उनलाई कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

उच्च अदालत पाटनले उनलाई बिहीबार २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार उनी तोकिएको धरौटी रकम बुझाएर छुटेका हुन्।

उच्च अदालतले उनलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म देश नछोड्न भनेको भनेको छ। काठमाडौं छोड्दा पनि उनले प्रहरीलाई लिखित जानकारी दिनुपर्ने अदालतको फैसलामा भनिएको छ।

उच्च अदालतले उनलाई मुद्दाका विषयबारे सार्वजनिक रूपमा बोल्न र पीडित किशोरी वा उनका परिवारबारे कुनै पनि टिकाटिप्पणी गर्न पनि रोक लगाएको छ।

उनलाई गत असोज २० गते त्रिभुवन विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights