☰ open

आइतबार बिहान यती एयरलाइन्सको सेतीमा खस्दा मृत्यु भएका ६८ जना यात्रुको शव फेला

२०७९ माघ २, सोमबार १२:२१
मिडियाखबर

आइतबार बिहान यती एयरलाइन्सको सेतीमा खस्दा मृत्यु भएका ६८ जना यात्रुको शव फेला पारिएको छ। सबैलाई अस्पताल पठाइएको स्थानीय प्रशासनले जनाएको छ।

यती एयरलाइन्सको एटिआर-२७ विमान आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको थियो। पोखरामा अवतरण हुनुभन्दा २० सेकेन्डअघिमात्रै उक्त विमान सेतीको खोंचमा खसेको थियो।

त्यो जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सेती खोंचमा उद्धार र खोजीका लागि सुरक्षाकर्मीसहित कम्तीमा एक हजारजना परिचालन गरिएको छ।

अहिलेसम्म कम्तीमा ३५ जनाको शव पहिचान भइसकेको छ। विमान खसेको त्यो खोंच निकै अप्ठ्यारो छ। विमान ठोक्किएर टुक्रा टुक्रा भएर जलेको थियो। त्यस गर्दा भग्वावशेषहरूमा खोजी कार्य केही जटिल भएको उद्धारकर्मीहरूले जनाएका छन्।

विमान दुर्घटना र मानवीय क्षतीमा आज सरकारले सार्वजनिक ‘शोक विदा’ दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights