२०७९ माघ २, सोमबार १२:४२
मिडियाखबर
अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहान उनको निवास बालकोट पुगेका अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।
संसदबाट पुस २६ गते विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन्।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा मन्त्रिपरिषद् विस्तारमा केही अलमल भएको देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया