☰ open

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा जलस्रोत र सिंचाइ मन्त्री पाउनेछ

२०७९ माघ ३, मंगलवार ११:४१
मिडियाखबर

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा जलस्रोत र सिंचाइ मन्त्री पाउने छन्। स्रोतका अनुसार राप्रपाबाट सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानुन मन्त्रालयमा ध्रुवबहादुर प्रधानको नाम टुंगो लागेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।

अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय पाएपछि सरकारमा सामेल भएका हुन्। सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखे पनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights