☰ open

नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा स‍ञ्‍चार तथा सूचना प्रविधिमन्त्री बन्ने

२०७९ माघ ३, मंगलवार ११:५३
मिडियाखबर

माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको  थियो। नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा स‍ञ्‍चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएकी छन्।  माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार सञ्चारमन्त्री रेखा शर्मा बनाउने आन्तरिक सहमति भएको हो।

सत्ता गठबन्धनमा भएको  भागबण्डामा माओवादीको भागमा चार मन्त्रालय परेको छन्। यस्तै माओवादी केन्द्रले सुदन किँरातीलाई मन्त्री बनाउने भएको छ। किरातिले आफूलाई पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन्।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights