☰ open

नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्

२०७९ माघ ३, मंगलवार १३:५५
मिडियाखबर

मंगलबार नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार सत्ता साझेदार दलहरूले मन्त्रालयको भागवण्डा टुङ्ग्याएपछि मंगलबार नै १२ मन्त्री र ३ जना राज्यमन्त्रीहरू नियुक्त भएका हुन्।

राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन्। योसँगै सरकारमा अब चारजना उपप्रधानमन्त्री भएका छन्। यसअघि एमालेका विष्णु पौडेल, उपप्रधान तथा अर्थ, माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक र राष्ट्रिय स्वतन्त्र पार्टीका रबी लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन्।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन र सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका छन्। माओवादीबाट सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन्।

नेकपा एमालेबाट विमला राई पौडेल परराष्ट्र र पदम गिरी स्वास्थ्यमन्त्री भएका छन्। भगवती चौधरी र हरि उप्रेती पनि मन्त्री नियुक्त भएका छन्।

राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकासमन्त्री र अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री भएका छन्। राप्रपाकै दीपक सिंह उर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल श्रममन्त्री भएका छन्। शिशिर खनाललाई शिक्षा मन्त्री र डा.  तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights