२०७९ माघ ३, मंगलवार १९:०८
मिडियाखबर

मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका छन्। १०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ५४ मत आवश्यक पर्छ ।
सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए ।
मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया