☰ open

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने

२०७९ माघ ४, बुधबार १०:२३
मिडियाखबर

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको हो ।

‘अहिलेको अवस्थामा प्रदेशसभामा कुनै पनि दलको प्रस्ट बहुमत छैन,’ उनले भने, ‘त्यसैले हामीसँग धेरै विकल्प पनि छैन । यो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन उचित ठानेर सोही अनुसारको निर्णय गरेका छौं ।’ उनले आफूहरु सरकारमा भने सामेल नहुने बताए ।

आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ७२ प्रदेश सांसदको समर्थन छ । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका २ सांसदको शपथ विवादको कारण रोकिएको हो ।

यस्तै, अर्को प्रतिपक्षी दल नेपाली कांग्रेस भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अझै प्रस्ट भइसकेको छैन । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, ‘हामी छलफलको क्रममै छौं, कुनै निर्णयमा पुगिसकेका छैनौं ।’ विश्वासको मत दिने बेलासम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ थियो ।

प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र दलीय आधारमा उक्त प्रस्तावमाथि छलफलपछि मत विभाजन हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights