☰ open

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार

२०७९ माघ ४, बुधबार १५:५४
मिडियाखबर

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको संसदीय दल कार्यसमितिले सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनी संविधानसभा सदस्यसमेत छन्। कांग्रेसको संसदीय दल कार्यसमितिले पूर्णता पाएको छैन। अहिले समितिमा संसदीय दलका नेतासमेत रहेको सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक छन्।

चार जनाको समितिले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छन्। यसअघि सभापति देउवाको धुम्बराहीस्थित निवासमा बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको थियो।

सभामुखमा एकीकृत समाजवादी वा विपक्षी अरू दललाई दिएर उपसभामुख र राष्ट्रपतिमा आफ्ना उम्मेवार उठाउने विकल्पमा कांग्रेसले छलफल गर्न लागेको बताइएको छ।

प्रतिनिधिसभाका सभामुखका लागि संसद सचिवालयले दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरेको छ। यस्तै निर्वाचनका लागि बिहीबार बिहान ११ बजेको समय तोकिएको छ।

बिहीबार बिहान ११ बजे सुरू हुने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights