☰ open

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस आन्दोलनका सहिदहरूको सम्झनामा संसदमा मौनधारण : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ भने उठेनन्

२०७९ माघ ५, बिहीबार १४:२७
मिडियाखबर

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस आन्दोलनका सहिदहरूको सम्झनामा संसदमा मौनधारण गराएका हुन्। सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै राउतले बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनका सहिदहरूको सम्झनामा मौनधारण गर्न लगाएका हुन्।

मधेस आन्दोलमा ज्यान गुमाएकाहरूलाई राज्यले सहिद घोषणा गरे पनि संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए। ‘बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेका छु, यसमा तपाईंहरूले सम्मान दिनसक्नुहुन्छ कि सक्नु हुन्न?,’ उनले रोष्टममै उभिएर मौन धारण गरे।

राउतले मौन धारण गर्दा संसदमा केही उठे, केही उठेनन्। सुरूमा मधेस केन्द्रित दलका सांसदहरू मात्रै उठेका थिए। पछि नेपाली कांग्रेसका सांसदहरू पनि उठे।

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ भने उठेनन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठेका थिए। मधेसी र थारू समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिनु उपयुक्त नभएको राउतले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights