☰ open

सिके राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने र सञ्चालन गर्ने कारबाही गर्न माग गरेको

२०७९ माघ ५, बिहीबार १४:४१
मिडियाखबर

जनमत पार्टीका अध्यक्ष सिके राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने र सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्सपेक्टरलाई कारबाही गर्न माग गरेको छ । संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानविन गरी कारबाही अघि बढाउन आग्रह गरे छन् ।

मोटरसाइकल वा साइकलले ठोकेर कसैको मृत्यु भयो भने प्रहरीले सवारी धनीलाई खोजेर ल्याउँछ भने । पक्राउ गरेर हिरासतमा राखेपछि बल्ल छानविनको प्रक्रिया जान्छ । एउटा मोटरसाइकलले ठक्कर दिएर मान्छे मार्दा आम जनताले पाउने न्याय त्यहीँ हो’ राउतले भने, ‘यहाँ पुरानाभन्दा पुराना थोत्रा प्लेन ल्याएर सञ्चालन गर्ने सञ्चालक र त्यसलाई सञ्चालन गर्न अनुमति दिने अधिकारी, उडान भर्न अनुमति दिने इन्सपेक्टरको टोलीलाई पक्राउ गरेर छानविन गर्न कुनचाँहि विधिले दिँदैन ? त्यसमा हामी जान्न चाहन्छौं ।

सरकारले कि सानालाई ऐन ठुलालाई चयन हुन्छ भन्नुपर्यो नभए तत्काल छानविन गरेर कारबाही हुनुपर्ने राउतले बताए । ‘मेरो गृहमन्त्री ज्यूसँग आग्रह छ । यस विषयमा गम्भीरताका साथ छानविन गरियोस् तपाई कम्तिमा प्रक्रियावादी नबन्नुस् भन्ने आग्रह गर्दछु’ राउतले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights