☰ open

प्रतिनिधि सभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित

२०७९ माघ ५, बिहीबार १५:२१
मिडियाखबर

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा प्रतिनिधि सभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको हो । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights