☰ open

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराए

२०७९ माघ ६, शुक्रबार १४:०३
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन्। सत्ता गठबन्धनका तर्फबाट रानामगरले उम्मेदवारी दर्ता गराएकी हुन्।

रानामगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र समर्थकहरूमा उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्गदेन, एमालेका कृष्णगोपाल श्रेष्ठ र माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्।

रानामगरलाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ। सत्ता गठबन्धनको सिट बाँडफाँटमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको थियो।

यसअघि शुक्रबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

संघीय संसद सचिवालयले उपसभामुखको उम्मेदवारीका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकेको छ।

शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुखको चयन गर्नेछ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकबाट नेकपा एमालेका देवराज गौतम सभामुखमा निर्वाचित भइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights