☰ open

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले मृत्युपश्चात शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा

२०७९ माघ ६, शुक्रबार १४:२१
मिडियाखबर

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले मृत्युपश्चात शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गरेका छन्।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपन सम्पन्न गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यो घोषणा गरेका हुन्।

प्रचण्डले भने,‘मेरो मृत्युपश्चात सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’

उनले प्रत्यारोपण केन्द्रलाई थप आधुनिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो। केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ देखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ ग¥यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

यस्तै कार्यक्रममा स्वास्थ्यमन्त्री पद्म गिरीले पनि आफ्नो मृत्युपश्चात अङ्ग दान गर्ने घोषणा गरेका छन्।

घोषणापछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले डोनर कार्ड हस्तान्तरण गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights