☰ open

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए

२०७९ माघ ९, सोमबार ०९:५७
मिडियाखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आज बिहान साढे ९ बजे निजी निवास धुम्बराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

पदाधिकारी बैठक बोलाइए पनि छलफलको एजेन्डा खोलाइएको छैन।

सहममहामन्त्री बद्री पाण्डेले सभापतिले बैठक बोलाए पनि छलफलको विषय नभनिएको बताए।

आइतबार कांग्रेस इतर पक्षका नेताहरूको भेला बसेको थियो। शेखर कोइरालापक्षीय नेताहरूको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights