☰ open

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार गर्ने निर्णय

२०७९ माघ ९, सोमबार १०:०१
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभयान चलाउने भएको हो ।

पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको हो ।

बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ । माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: