☰ open

मधेश प्रदेस: मुख्यमन्त्री यादवले मन्त्रालय बाँडफाँटमा सहमति जुटिसकेको र एक दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने

२०७९ माघ १०, मंगलवार १५:५१
मिडियाखबर

मुख्यमन्त्री यादवले मन्त्रालय बाँडफाँटमा सहमति जुटिसकेको र एक दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन्। यादवले मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिपरिषद हुने बताए छन्।

११ सदस्यीय मन्त्रिपरिषद हुन्छ। सत्ता साझेदार दलबीच कुरा मिलिसकेको हो। एक दुई दिनमै हुन्छ,’ उनले भने।

मुख्यमन्त्री यादवलाई एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय स्वतन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँच जना स्वतन्त्र प्रदेससभा सदस्यहरूसहित १०२ प्रदेस सांसदको समर्थन प्राप्त हो।

यादवलाई समर्थन गरेका स्वतन्त्र सांसदमध्ये दुई जना सुरिताकुमारी साह र प्रमोकुमार जयसवाल जसपा प्रवेश गरेका हुन्।

मुख्यमन्त्रीसँगै सपथ लिएका तीन जना मन्त्रीहरू जिम्मेवारी नतोकिए पनि मधेस भवन परिसरभित्र सरकारी आवासमा सरिसकेका छन्।

हालसम्म विनाविभागीय मन्त्री रहेका सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, बसन्त कुशवाहा सामाजिक विकास र संजय यादव अर्थमन्त्रीको आवासमा सरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights