☰ open

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने: काम गर्नेहरूलाई कानुन पालना गराउनुभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाइएको

२०७९ माघ १०, मंगलवार १६:१९
मिडियाखबर

काम गर्नेहरूलाई कानुन पालना गराउनुभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाइएको हो। वर्षौं शासनसत्ता सम्हालेका दलहरूबाट जसले यसलाई थिलथिलो बनाइयो, कमजोर बनाउनका निम्ति कामहरू भए त्यही कोणबाट धेरै प्रश्नहरू आउने रहेछन्,’ उनले भनेको छन्।

कामका माध्यमबाट जवाफहरू प्रतिनिधिसभामा आफैं उपस्थित हुने लामिछानेले बताए छन्।

राज्यका संरचनाहरूमा सुधारको आवश्यक्ता रहेको बताउँदै उनले त्यसका लागि आफूहरू निरन्तर लागिरहेको उल्लेख गरे।

‘प्रणालीगत सुधारका लागि हामी निरन्तर लागि रहेका छौं। विशेष गरेर मैले सम्हालिरहेको गृह मन्त्रालय प्रणाली सुधारमा, मापदण्डहरूको निर्माणमा निरन्तर लागिरहेको छ,’ उनले भने,‘यसले परिणाम देखाउन चाँडै नै सुरू गर्नेछ। राज्यका सयन्त्रलाई हिजो चलाएजस्तो आज चलाउन छोडिदिनुस्, हाम्रो आधा काम सहज हुनेछ।’

लामिछानेले गृह प्रशासनमाथि विश्वास गर्न ध्यानाकर्षण गराए।

‘आज सिडिओ आफ्नो चाहिएको छ, एसपी आफ्नो चाहिएको छ, डिएसपी आफ्नो चाहिएको छ सबै आफ्नो चाहिएको छ,’ लामिछानेले भने,‘यदि सबै आफ्नो चाहिएको छ भने राज्यको प्रणाली सुधारमा तपाईंहरूको योगदान के त?’

लामिछानेले भने,‘चाहे त्यो क्रसरको विषय होस्, चाहे फरार सांसदको विषय, चाहे आन्दोलनरत अधिकारकर्मीका कुरा हुन्। गृहमन्त्रालय अत्यन्त संवेदनशील भएर ती सबै विषयमा काम गरिरहेकोहो।’

राज्यका संयन्त्रहरूलाई गिज्याइएर ट्र्याकभन्दा बाहिर राखिएकोले नतिजा आउन समय लागि रहेको बताउँदै उनले ट्र्याकमा ल्याउन नसकिँदा कैयौं ठाउँहरू हल्लिएको जिकिर गरे।

त्यस्ता सबै ठाउँहरूलाई ठीक गरेर उठेका सम्पूर्ण विषयहरू चाँडै समाधानमा पुग्ने दाबी उनले गरे छ।

सदनभित्र एकअर्कालाई होच्याउने र छेडखानी गर्ने काम गर्न नहुने उनले बताए छन्। गरिमामय सदनमा एकअर्कालाई होच्याउने, छेडखानी गर्ने, तल देखाउने काम म र मेरो दलबाट हुनेछैन। तर नतिजा म अवश्य दिन्छु, निर्धक्क हुन मेरो आग्रह छ,’ लामिछानेले भने।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights