☰ open

फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन गर्ने र चैत ३ गते शुक्रबार उपराष्ट्रपति निर्वाचन गर्ने

२०७९ माघ १६, सोमबार १६:०७
मिडियाखबर

फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन गर्ने र चैत ३ गते शुक्रबार उपराष्ट्रपति निर्वाचन गर्ने  निर्वाचन आयोगले निर्णय गरेकोछन्।

आयोगका एक आयुक्तले दिएको जानकारीअनुसार आजै निर्वाचन तालिका प्रकाशित हुने हो।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावको मितिबारे नेपाल सरकारलाई सोमबार नै जानकारी दिनेसमेत तयारी गरेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले आयोगले चुनाव मिति तोक्ने र त्यसको जानकारी सरकारलाई दिने व्यवस्था छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights