☰ open

सोमबार नेप्से परिसूचक एकै दिन ४१.०१ अंकले घटे

४ वर्ष
मिडियाखबर

सोमबार नेप्से परिसूचक एकै दिन ४१.०१ अंकले घटेर बजार बन्द हुँदा २,१२७ मा आइपुगेको छन्।

घटेर बजार बन्द भएपनि कारोबार रकममा भने वृद्धि देखिएको हो। अघिल्लो दिन तीन अर्ब एक करोड रूपैयाँको कारोबार भएकोमा आज तीन अर्ब ३० करोड रूपैयाँको कारोबार भएको छन्।

युनाइटेड इडी मार्दी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरको सबैभन्दा धेरैले मूल्य घटेको हो। यी दुवै कम्पनीको क्रमशः ७.१४ प्रतिशत र ६.७१ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छन्।

यस दिन सूर्य ज्योति लाइफ इन्सुरेन्सको सबैभन्दा धेरै १७ करोड ६५ लाख रूपैयाँको सेयर कारोबार भएको हो। सूर्या र ज्योति लाइफबीचको मर्जरपछि नयाँ नामबाट कारोबार भएयता कम्पनीको मूल्य लगातार बढिरहेको हो। यस दिन कारोबारमा आएको सबै समूहगत परिसूचक घटेकोहो।

फेसबुकबाट तपाईको प्रतिक्रिया