☰ open

केपी शर्मा ओलीले गृहमन्त्रालय वा राष्ट्रपति, उपराष्ट्रपति बाँडफाटका विषयले नै अहिलेको गठबन्धन सरकारलाई कुनै संकट नपर्ने

२०७९ माघ २०, शुक्रबार ११:२४
मिडियाखबर

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय वा राष्ट्रपति, उपराष्ट्रपति बाँडफाटका विषयले नै अहिलेको गठबन्धन सरकारलाई कुनै संकट नपर्ने दाबी गरेका हो।

विराटनगर पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै भने ‘राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रीको विषयमा बहस हुनु स्वभाविकै हो। पूर्व सहमतिअनुसार गृहमन्त्रालय त राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने हो’ उनले भने ‘तर तपाईंहरूले भनेजस्तै त्यसकै कारण सरकार संकट पर्लाजस्तो मलाई लाग्दैन।’

उनले सरकार बनाउँदा नै गठबन्धनबीच यस्ता तमाम सहमतिहरू भइसकेको भन्दै अब आगामी दिनमा पनि त्यही सहमतिअनुसार अघि बढ्ने दाबी पनि गरे।

‘त्यही पूर्व सहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार पनि सत्तागठबन्धनबाटै हुन्छ। एमालेबाटै हुन्छ’ उनले भने।

नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सबै पदहरू गुमेका छन्। फैसलापछि जिल्ला प्रशासन कार्यालयबाट उनले पुन: नागरिकता लिएर पार्टी सभापतिमा बहाली भए पनि उनले जितेको क्षेत्रमा भने उपनिर्वाचन हुनेछ।

तर उनको राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्रालय आफ्नो भागमा परेको भन्दै त्यो नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भने सर्वोच्च फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालयबारे कुनै निर्णय नहुने बताएका छन्।

एमाले अध्यक्ष ओलीले रविलाई नै फेरि मन्त्री बनाउन दबाव दिए पनि प्रचण्डले नमानपछि दुबै नेताबीच खटपट सुरू भएको छ। त्यस्तै सुरुदेखि नै आफूलाई विश्वासको मत दिएको नेपाली कांग्रेसको समेत साथ लिएर ‘राष्ट्रिय सहमति’ हुनेखालको पात्रलाई राष्ट्रपति बनाउन प्रचण्डले अडान लिएपछि पनि ओली असन्तुष्ट भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights