☰ open

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना ‘एजेन्ट’हरू भन्दा सिधा कुरा गर्न आह्वान गरेका : रवि लामिछाने

२०७९ माघ २३, सोमबार १०:०९
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना ‘एजेन्ट’हरू भन्दा सिधा कुरा गर्न आह्वान गरेका हो।

सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै रविले केही अंग्रेजी तथा हिन्दीमा मोदी र भारतीय जनतालाई ‘सन्देश’ दिएका छन्।

हिन्दी भाषामै उनले भने ‘मोदी जी केही सन्देश छ भने सिधै कुरा गर्नुस्। यहाँ कोही पत्रकार वा एजेन्टहरू नपठाउनुस्।’

उनले नेपालमा धेरै भारतीय एजेन्टहरू भएको भन्दै उनीहरूको विश्वास नगर्न र बरू सिधै कुरा गर्न भनेका छन्।

‘उनीहरूको विश्वास नगर्नस्। हामीसँग सिधा कुरा गर्नुस्’ रविले भने ‘तिनै एजेन्टहरूले गर्दा हाम्रो देशसँगको सम्बन्ध कहिल्यै सुध्रिदैन। त्यसैले पनि राष्ट्रियताका लागि हामीले भारतलाई गाली गरिरहनु परेको हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights