मिडियाखबर
केही दिन मन्त्रालयको कार्यभार नै सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भएको छलफलपछि मन्त्रालयको कार्यभार सम्हालिएको थियो । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको छ । जनमत पार्टीका प्रवक्ता एवं खानेपानी मन्त्री अब्दुल खानले आफूहरूले थप एउटा मन्त्रालय पाउने र त्यसका लागि छलफल चलिरहेको बताए ।
खानेपानी मन्त्रालय आफूहरूको प्राथमिकतामा नभएको र उद्योग वा अन्य कुनै विकासे मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि थप एउटा मन्त्रालय दिने भनेको कारण आफूहरू आशावादी रहेको बताए छन्। आज बस्ने उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि आफूहरूले मन्त्रालयको कुरा उठाउने उनले बताए हो ।
उनले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ, त्यो बैठकमा हाम्रो पार्टीका अध्यक्ष ज्यु जानुहुन्छ र त्यहाँ मन्त्रालयको बारेमा पनि कुरा राख्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डसँग पाँचवटा मन्त्रालय छ, त्यसरी मन्त्रालयको कामकाज थन्काएर राख्नु हुँदैन, काम गर्ने इच्छा देखाएका पार्टीलाई त्यो दिहाल्नुपर्छ, जनमत पार्टी पनि काम देखाउनका लागि मन्त्रालय लिन तयार रहेको उनले बताए छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया