☰ open

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने

२०७९ माघ २६, बिहीबार १४:५४
मिडियाखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक  ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको हो ।

संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो ।

नेताहरुका अनुसार सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा अगाडि सारेको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights