मिडियाखबर
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनियताको सपथ लिँदै हो। प्रदेस प्रमुखको कार्यालयमा दिउँसो शाहले प्रदेस प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिन लागेका छन्। शाहलाई बिहीबार प्रदेस प्रमुखले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका छ।
यसअघि संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छ। रावल एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बहुमतका लागि चाहिने आवश्यक २७ सांसदको समर्थन जुटाउन नसकेपछि रावल स्वतः पदमुक्त भएका हुन्।
विश्वासको मत पाउन नसकेपछि उनले प्रदेस प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। रावलले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्री शाहले सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेका छन्। कांग्रेसका एक जना र नेकपा (एकीकृत समाजवादी) का एक जना गरी दुई जना मन्त्री नियुक्त गर्ने उनको तयारी छ।
प्रदेससभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्री बनेका शाहले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया