☰ open

कुमारी आमाको नामले परिचित निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका

२०७९ माघ २७, शुक्रबार १५:१२
मिडियाखबर

कुमारी आमाको नामले परिचित निहारिका राजपुतले आफ्नो प्रेमी शिवराज श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन् ।

निहारिकाले शिवराजमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा विचाराधीन छँदै धनुषा जिल्ला अदालतमा उनले शिवराजसँग मिलापत्र गरिन् । उनीहरूबीच विवाह गरेर श्रीमान्-श्रीमतीका रूपमा मिलेर बस्ने समझदारी भएको थियो । उनीहरूका पहिल्यै एक छोरा छन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।

आज भएको विवाहमा निहारिकाको माइती परिवार उपस्थित भएनन् । शिवराजसँग प्रेम भएपछि माइतीले उनलाई ‘बहिष्कार’ गरेका थिए । शिवराजको परिवार र निहारिकाका केही साथीहरू विवाहमा उपस्थित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights