☰ open

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने

२०७९ फाल्गुन २, मंगलवार ११:०५
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको हो। पार्टी कार्यालय बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छन्। यद्यपि पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा सरकारमा सहभागी हुने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको हो।

बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको जानकारी दिए। थप सहमति नभएकोले सरकारमा आफूहरू सरकारमा नजाने उनले बताए हो। थप सहमति नभएकाले सरकार जाँदैनौं। नयाँ सहमति भएपछि सरकारमा जाने हुनसक्छौं उनले भने।

सर्वोच्च अदालतले नागरिकता अवैध रहेको ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद पद र गृहमन्त्री पद गुमेको थियो। गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो। तर, समर्थन भने कायमै राखेको हो। वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा फेरि सभापति लामिछाने चुनाव लड्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

सहमहाममन्त्री बुर्लाकोटीले उपनिर्वाचनमा लामिछाने चुनाव लड्ने र पार्टी तयारीमा जुटिसकेको जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीले १६ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। सय जनाको नाम सिफारिस भएर आएकोमा १६ जना मनोनित भएको बुर्लाकोटीले बताएका छन्।
१६ जना थपिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा ४० जना केन्द्रीय सदस्य भएका छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights