☰ open

Online प्रणालीबाट शिक्षक / कर्मचारीहरुको फाँटवारी पठाउने र सो को तालिम संचालन सम्बन्धी

२०७९ फाल्गुन १३, शनिबार १५:१४
मिडियाखबर

सूचना

नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुको लागि संचालित सावधिक जीबन बिमा योजनामा अनिवार्य रुपमा रकम कट्टा गर्दै
आउनु भएका शिक्षकहरुको कट्टी रकम Online प्रणालीबाट फाँटवारी अपलोड गर्ने र Online प्रणालीबाट रकम पठाउने व्यवस्था मिलाई
सकिएको व्यहोरा सबै सहभागीहरु र सहभागीहरुको सम्बन्धित बिद्यालयहरुलाई जानकारी गराउँदछौ। यो सुबिधाको उपयोग गरी Online
प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी Real Time मै सम्बन्धित शिक्षक / कर्मचारीको खातामा रकम प्रविष्ट हुने व्यवस्था मिलाइएको छ।तसर्थ,
CGAS प्रणालीबाट पारिश्रमिक बितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय / बिद्यालयहरुले अब देखि Online प्रणालीबाट कोष कट्टी रकम
दाखिला गर्ने व्यवस्था मिलाउनु हुन सम्बन्धित सबै सहभागीहरुको कार्यालय/ बिद्यालयहरुलाई अनुरोध गर्दछौ ।Online प्रणालीबाट कोष कट्टी
रकम दाखिला गर्ने तरीका कोषको Website : www.nlk.org.np को Download भित्रको Online Phatwari Collection Manual शीर्षकमा
सिकाइएको छ।कोषको प्रणालीले प्रदान गरेको Submission नं. का आधारमा कट्टी रकम दाखिला गर्ने सुबिधा मुलुकभरका सबै क बर्गाका
बाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धित कार्यालय / बिद्यालयहरुले आ-आफ्नो खाता भएको बैंकमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ ।
Online प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने तरीका बारेको तालीम कोषको केन्द्रीय कार्यालयमा सार्वजनिक बिदाको दिन बाहेक अन्य
प्रत्येक दिन दिउसो २ बजे देखि ३ बजेसम्म संचालन गरिरहेकोले उक्त तालिममा भाग लिन सम्बन्धित कार्यालय / बिद्यालयबाट यस कार्यसँग
सम्बन्धित त्यहाँको २ जना कर्मचारीहरुको नाम कर्मचारी बचत बृद्धि कार्यक्रमका लागि EmailM citonlinekbb@gmail.com र बिमा
कार्यक्रमका लागि Email: tbeemacit@gmail.comमा पठाउनु हुन अनुरोध गरिन्छ।कोषले तालिम लिने समय र मिति निर्धारण गरी Email
बाटै तालिमको Schedule बारे जानकारी गराउने व्यवस्था मिलाएको छ।यस्तो तालीम कोषका अन्य शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार
संचालन गरिरहेको व्यहोरा पनि जानकारी गराइन्छ ।
पहिलो चरणमा उपत्यकाभित्र (काठमाडौ, ललितपुर र भक्तपुर ) का सम्पुर्ण कार्यालय / बिद्यालयहरुबाट अबको चार महिना पछि फाँटवारी
पूर्णरुपमा अनलाइन प्रणालीबाट मात्र बुझ्ने व्यवस्था मिलाइएको हुँदा निर्धारित समय भित्र Online प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने
तालीम लिई Online प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने व्यवस्था मिलाउनु हुन अनुरोध गर्दछौं । साथै, यो Online प्रणालीबाट मात्र कोष
कट्टी रकम दाखिला गर्ने कार्य क्रमश: मुलुकभर अनिवार्य रुपमा लागु हुने भएकोले सोहि अनुसार तयारी गर्नुहुन सम्बन्धित सबैको जानकारी
निमित्त अनुरोध गर्दछौ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights