☰ open

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर नेकपा एमालेका नेताहरूले राष्ट्रपति निर्वाचनका लागि भोट मागे

२०७९ फाल्गुन १८, बिहीबार १४:५९
मिडियाखबर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर नेकपा एमालेका नेताहरूले राष्ट्रपति निर्वाचनका लागि भोट मागेका छन्।

आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय पुगेर एमालेका नेताहरूले अध्यक्ष नेपालसँग भोट मागेका हुन्।

नेता नेपाललाई भेट्न एमालेकातर्फबाट राष्ट्रपतिका उम्मेदवारसमेत रहेका उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए।

भेटका क्रममा एमाले नेताहरूले राष्ट्रपति निर्वाचनमा भोट मागेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

राष्ट्रपति निर्वाचनमा आठ दलबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको भोलिपल्ट एमाले नेताहरूले सहयोग गर्न आग्रह गरेका हुन्।

बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको थियो।

यअअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार नेम्वाङका लागि भोट माग्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र पठाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights