२०७९ फाल्गुन २८, आईतवार १२:४०
मिडियाखबर
सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।
गठबन्धनमा आवद्ध जनमत पार्टीकी ममत झाले पनि उम्मेदवारी दर्ता गरेपछि उपराष्ट्रपतिका लागि गठबन्धनबाट तेस्रो उम्मेदवारी दर्ता भएको हो।
झाले गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन्।
सत्तारुढ चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन।
निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ।
निर्वाचन आयोगको यही भनाइअनुसार जनमतले झालाई उम्मेदवार बनाएको हो।
उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया