☰ open

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा

२०७९ फाल्गुन २९, सोमबार १५:०४
मिडियाखबर

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी हो। लगातार दुई कार्यकाल पूरा गरी उनी सोमबार शीतल निवासबाट बिदा भएकी छन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतका सपथ लिएपछि भण्डारी शीतल निवासबाट बिदा भएकी छ।राष्ट्रपति पौडेलले उनलाई गाडीसम्मै पुगेर बिदाइ गरेका थिए। भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवास गएकी हो। बूढानीलकण्ठस्थित निजी निवास जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवास गएकी छन्।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका हो। भण्डारीको बिदाइमा नेपाली सेनाले टुँडिखेल सैनिक मञ्चबाट २१ तोपको सलामी दिएको थियो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा पहिलोपटक निर्वाचित भएकी थिइन्। उनको पहिलो कार्यकाल करिब २२ महिनाको थियो। त्यसपछि दोस्रोपटक उनी २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। नेपालको संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरेको छ। त्यही व्यवस्थाअनुसार भण्डारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेर शीतल निवासबाट बिदा भएकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights