☰ open

तनहुँ–१ मा गोविन्द भट्टरराईलाई उम्मेदवार बनाउने

२०७९ चैत्र १७, शुक्रबार १४:५३
मिडियाखबर

तनहुँ–१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको हो। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनी कांग्रेसका केन्द्रीय सदस्य छन्।

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

तनहुँ–१ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights