☰ open

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका

२०७९ चैत्र १७, शुक्रबार १५:५६
मिडियाखबर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छ। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका हो। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन्।

जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका हुन्।

यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बनेकी छन्।

माओवादीका मन्त्रीहरू भने गत पुस १० मै नियुक्त भएका थिए। तीमध्ये शक्ति बस्नेत आज मन्त्री थपिएका हुन्। भौतिक मन्त्री रहेका नारायणकाजी गृहमा सरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights