☰ open

अर्थविद स्वर्णिम वाग्लेले तनहुँ–१ बाट उम्मेदवारी दर्ता गरे

२०७९ चैत्र २०, सोमबार १६:५५
मिडियाखबर

तनहुँ–१ को उपनिर्वाचनका लागि वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् वाग्लेले उम्मेदवारी दर्ता गराउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपस्थित छन्।

वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा रूपक विक घिमिरे रहेका छन्। नेपाली कांग्रेस तनहुँका पूर्वसचिवसमेत रहेका बाँस्तोला सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन्। समर्थकहरूको जुलुससहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए।

उम्मेदवारी दर्ताअघि वाग्लेले उपनिर्वाचन कार्यालय उदघाटन गरेका थिए। कार्यालय उदघाटन गर्दै उनले वैशाख १० गते नेपालको नयाँ युगको आह्वान गर्ने दिन भएको बताए।

त्यस्तै सभापति लामिछानेले हरेक वर्ष क्यालेन्डर फेरिए पनि मुलुकले काँचुली नफेरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights