२०७९ चैत्र २४, शुक्रबार १५:०६
मिडियाखबर

महोत्तरी प्रहरीको सुरक्षाबाट एक थुनुवा फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव जनकपुरधामस्थित एक अस्पतालको शौचालयको झ्याल फोडेर फरार भएका छन्।
यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटल ल्याइएकोमा अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया